तेलुगु फिल्ममा धुम मच्चाउँदै राशि खन्ना



एजेन्सी । साउथ फिल्मका अभिनेत्रीहरु अक्सर आफ्नो बोल्ड र हट अवतारको कारण संसारमा निकै प्रशिद्धी कमाएका छन् ।

प्राय लाइमलाइट र सोशल मीडियामा आफ्ना फोटो हालेर चर्चामा आउने सुन्दर अभिनेत्री हुन् राशि खन्ना ।

साउथ फिल्मकी सुपरहिट अभिनेत्री राशि खन्नाले मोडलिङबाट आफ्नो करियरको सुरुवात गरेकी थिइन् । हिन्दी फिल्म ‘मद्रास क्याफे’बाट आफ्नो अभिनय यात्रा सुरु गरेकी राशि खन्ना पछिल्लो समय तेलुगु फिल्ममा धुम मचाएकी छन् ।

सामाजिक संजालमा निकै सक्रिय राशि खन्नाले अभिनय गरेको पछिल्लो तीन फिल्मले साउथको बक्स अफिसमा राम्रो आम्दनी गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्