
२८ वैशाख २०७५, काठमाडौं
नेपालभरिका सहकारीहरुको छाता संगठन राष्ट्रिय सहकारी महासंघले अर्थमन्त्रीसँग भेटघाट गरी आगामी आर्थिक बर्षको नीति–कार्यक्रम तथा बजेटमा सहकारी क्षेत्रलाई विशेष प्राथमिकता दिन ध्यानाकर्षण गराएको छ ।
राष्ट्रिय सहकारी महासंघका केन्द्रीय अध्यक्ष तथा सहकारी अभियन्ता केशव बडालको नेतृत्वमा गएको टोलीले अर्थमन्त्रीलाई आ.व.०७५/७६ को बजेटमा सहकारी क्षेत्रलाई समेट्नुपर्ने विषयहरु बुँदागत रुपमा पेश गरेको जानकारी परिवर्तन खबरलाई प्राप्त भएको छ ।