
२८ वैशाख २०७५, काठमाडौं
लोक सेवा आयोगको सहसचिवको नतिजा प्रकाशनमा खुल्ला प्रतिस्पर्धातर्फ शिवलाल तिवारीले पहिलो नम्बरमा नाम निकालेका छन् ।
लोक सेवा आयोगले अन्तर्वार्तामा छनोट भएका १६ मध्ये १२ जनालाई बढुवाका लागि संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयमा सिफारिस गरेको छ । अन्तर्वार्ता, प्रस्तुतीकरण, मामिला विश्लेषण र लिखित परिक्षाको आधारमा उनीहरुको छनोट भएको आयोगले जनाएको छ ।
परीक्षामा २ सय भन्दा धेरै उपसचिव र अधिकृतहरु सहभागी थिए ।