
२८ वैशाख २०७५, मुस्ताङ
दुई दिने नेपाल भ्रमणको सिलसिलामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हिमाली जिल्ला मुस्ताङको भ्रमण गर्ने भएपछि मोदीको स्वागतका लागि भव्य तयारी गरिएको छ । स्थानीय सर्वसाधरण लगायत राजनीतिक दलका नेता, जनप्रतिनिधिहरु समेत यतिबेला मोदिको स्वागतका लागि जुटेका छन् ।
सर्वसाधरणलाई कुनै असर नगर्ने हिसाबले केही दिनयता मुस्ताङको मुक्तिनाथ मन्दिर वरपर सरसफाई गर्नेदेखि, सुरक्षा व्यवस्थालाई समेत चुस्त बनाईएको छ ।
मोदीले मुस्ताङको भ्रमण गर्नेभएपछि विश्व स्तरमै मुस्ताङको प्रचार प्रसार भएर पर्यटन प्रवर्धनमा टेवा पुग्ने मुस्ताङवासीहरुले अपेक्षा रहेको छ ।