मुख्यमन्त्रीलाई भेट्न काश्मिर पुगे सलमान



२७ वैशाख २०७५, काठमाडौं

सलमान खान रेस–३ को छायाँकनको लागि जम्मु काश्मिर पुगका छन् । उनले मुख्यमन्त्री मेहबुबा मुफ्तीलाई भेट्न आफ्ना अंगरक्षक शेरा र चलचित्रका प्रोड्युसर रमेश तौरानीलाई साथै लगेका थिए ।

खबरअनुसार रेस–३ को केही गीत र दृश्य खिच्न बाँकी भएकोले सलमान सुटुक्क त्यँहा पुगेका थिए ।

सलमानका अलवा रेस–३ मा ज्याकलिन फर्नानडिज, अनिल कपुर, बबी देओल आदिको अभिनय रहेको छ । मुख्यमन्त्री मुफ्तीले सलमानलाई चलचित्रको सफलताको लािग शुभकामना समेत दिएकी थिईन् ।

प्रतिक्रिया दिनुहोस्