
२६ वैशाख २०७५, काठमाडौं
दमक गोल्ड कपमा एपीएफको तर्फबाट नायक अनमोल केसी र विल्सन विक्रम राई मैदानमा प्रवेश गरेका थिए । अनमोलका टिम क्याप्टेनको रुपमा विल्सन विक्रम राई पनि मैदान प्रवेश गरेका थिए ।
यो दृश्य साँच्चिकै नभएर फिल्म ‘क्याप्टेन’ को छायाँकन थियो । निर्देशक दिवाकर भट्टराईले खेलाडी परिचयको सिन लिएपछि अनमोल र विल्सन खेल मैदानबाट बाहिर आएर बसेका थिए । खेलाडी परिचयको क्रममा कलाकार सुनिल थापा पनि खेल मैदानमा उपस्थित भएका थिए ।
फुटवल सिनका लागि दमकमा आयोजना भईरहेको दमक गोल्डकपमा यो दृश्य ड्रोनबाट खिचिएको थियो । सो दृश्य पश्चात शशस्त्र प्रहरी क्लब एपीएफ र नेपाल पुलिस क्लब एनपीसीको खेल संचालन भएको थियो ।