स्वागतद्वार तथा अभिनन्दन स्थल हावाहुरी र वर्षाले प्रभावित



२६ वैशाख २०७५, जनकपुरधाम

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न जनकपुरधाम भ्रमणका लागि बनाइएको स्वागतद्वार र अभिनन्दन स्थल गए रातिको हावाहुरी र वर्षाले प्रभावित बनेको छ ।

हावाहुरीले विभिन्न स्थानमा बनाइएको स्वागतद्वारमा पनि क्षति पुर्याएको छ भने अभिनन्दन स्थल बाह्र बिघा मैदान जलमग्न भएको छ । जनकपुरधाम विमानस्थलदेखि जानकी मन्दिरसम्म बाटो पनि विभिन्न स्थानमा जलमग्न भएको छ । कालोपत्र गरिएका सडक र विद्यापति राममन्दिरसम्मको बाटोमासमेत ठाउँ-ठाउँमा पानी जमेको छ ।

प्रतिक्रिया दिनुहोस्