
२५ बैशाख २०७५, काठमाडौँ
बुनपा पशुसेवा शाखा बुढानिलकण्ठको आयोजनामा भएको ३ दिने बाख्रा पालन तालिम आज सम्पन्न भएको छ ।
अधिकांश मानिसहरु रक्सी उत्पादन र बिक्रि वितरणमा केन्द्रित रहेको बुनपा १ तैलुङमा व्यसायिक रुपमा बाख्रा पालनको काम उपयुक्त भएकाले तालिम दिइएको पशु चिकित्सक काजि वहादुर श्रेष्ठले जानकारी दिएका छन् ।
पूर्व सहसचिव डा. रेवतीमान श्रेष्ठ, उपसचिव डा. गौरीमान श्रेष्ठ, डा. रुमिना महर्जन तथा अर्जुन थपलिया लगायतका प्रशिक्षकहरुले प्रशिक्षण दिएका थिए । ३ दिने बाख्रा पालन प्रशिक्षण आज जिल्ला पशु सेवा हलमा सम्पन्न भएको छ ।
बुनपा १ का वडाध्यक्ष सुरेन्द्र लामाले अध्यक्षता गरेको कार्यक्रममा बुढानिलकण्ठ नगरपालिकाका नगरप्रमुख उद्धव खरेल प्रमुख अतिथि रहेका थिए भने कार्यक्रम संचालन पशु चिकित्सक काजि बहादुर श्रेष्ठले गरेका थिए ।