आईजिपीलाई पत्र लेख्ने जवान चन्द कारवाहीमा



२५ वैशाख २०७५ काठमाडौं

जिल्ला प्रहरी कार्यालय कैलालीले प्रहरी संगठनमा आँच आउने अनैतिक गतिविधि गरेको आरोपमा प्रहरी जवान दीपेन्द्रबहादुर चन्दलाई  सेवाबाट बर्खास्त गरेको छ ।

संगठन प्रमुख प्रहरी महानिरीक्षकलाई सम्बोधन गरी ‘युनिफर्म’ लगाएका फोटो तथा गैरजिम्मेवार लेखहरु सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गरेको आरोपमा धनगढीमा कार्यरत चन्दमाथि कारवाही गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्