
काठमाडौं, २५ वैशाख
फौजदारी अभियोग लागेका सांसदको पद निलम्बन हुनुपर्छ भन्दै युवा संघ नेपालले प्रेस विज्ञाप्ती जारी गरेको छ । जुनसुकै कसुर अन्तर्गत फौजदारी अभियोग लागेमा सामान्य जनताले सरह निलम्बन र कार्वाही हुनु पर्ने भनी युवा संघ नेपालका अध्यक्ष रमेश पौडेलद्वारा हस्ताक्षरीत उक्त विज्ञाप्तीमा जोडदार माग राखिएको छ ।
सांसदहरु पनि सामान्य मानिस नै भएको हुँदा उनीहरुलाई पनि सामान्य मानिसले सरह नियम कानुन लाग्नुपर्छ भन्दै युवा संघले सो माग राखेको उपाध्यक्ष प्रभात बिक्रम कटुवालले बताए ।
यस अघि सांसदहरुलाई कुनै पनि फौजदारी अभियोग लागेमा सांसदको पद स्वतः निलम्बन हुने प्रावधान थियो । तर अब सांसदहरुले चोरी, डकैती, हत्या, बलात्कार, रातोपासपोर्ट दुरुपयोग तथा भ्रष्टाचार आदि जस्ता कुनै पनि कसुरमा सांसदको पद निलम्बनमा नपर्ने प्रावधान भर्खरै मात्र बनाएका थिए ।
हेरौ युवा संघद्वारा जारी उक्त विज्ञाप्ती