साउदीमा नेपालीहरुको सडकमा बास (भिडियो सहित)



२५ वैशाख २०७५ काठमाडौं

मन्टेज नामक मेनपावरबाट साउदी पुगको २६ नेपाली बिचल्लीमा परेका छन् । श्रम सम्झौतामा होटलमा किचन हेलपर भनेर साउदी पुर्याईएका नेपालीलाई कम्पनीले सम्झौता विपरीत बिल्डीङ्ग, कन्सट्रक्सनको काममा लगाईएको पिडितले जानकारी गराए ।

आफ्नो सम्झौता अनुसारको काम नपाएपछि कम्पनीमा भन्न जाँदा कम्पनीले उल्टै कारवाही स्वरुप सडकको बास बनाएको पिडितको आरोप छ । एक लाख भन्दा बढी पैसा तिरेर आएका पिडितहरुले घटनाको सत्य तथ्य मेनपावरलाई जानकारी गराउन खोज्दा उक्त मेनपावरसँग सम्पर्क हुन नसकेको बताए ।

पिडित नेपालीहरुले आफ्नो पिडा भिडियोमा यसरी सुनाउँदैछन् ।

प्रतिक्रिया दिनुहोस्