
२५ वैशाख २०७५
फिल्म साँवरियाबाट बलिउडमा डेब्यु गरेकी सोनम कपुर भारतीय बिजनेसम्यान आनन्द अहुजासँग विवाह वन्धनमा बाँधिदै छिन् । आईतबार मेहेन्दी लगाउने समारोहमा ब्याण्ड बाजासहित पुगेका आनन्द र सोनमले बर्षाै अघिदेखिको प्रेम सम्बन्धलाई वैवाहिक जीवनमा परिणत गर्न लागेका हुन ।
विवाहको खबर बाहिरिएदेखि नै सोनमका फ्यान, शुभचिन्तक तथा वलिउड कलाकारहरु उनको प्रेम सम्बन्ध विवाहमा परिणत भएको हेर्न चाहन्थे जुन आज पुरा हुँदैछ ।
वरुण धवन, ज्याकलिन फर्नान्डिस लगायतका कलाकारले प्रस्तुती दिने विवाह समारोहको भव्य तयारी भईरहेको परिवार श्रोतले जनाएको छ । एजेन्सी