महङ्गा थिए झन् महङ्गिए सुपरस्टार रजनीकान्त



२१ वैशाख २०७५

टाइम्स अफ इन्डियामा प्रकाशित समाचारका अनुसार साउथ इण्डियन सुपरस्टार रजनीकान्तले आगामी फिल्म सुब्बाराजका लागि ६५ करोड भारु अर्थात १०४ करोड नेपाली रुपैया पारिश्रमिक लिने भएका छन् ।

यो पारिश्रमिक सँगै रजनीलाई उक्त फिल्ममा एशिया महादेशको बढी पारिश्रमिक लिने दोस्रो कलाकारको रुपमा चिनिएको छ । तर फिल्मका निर्माताले यसको बारेमा कुनै प्रतिक्रिया दिएका छैनन् । फिल्म जुन महिनाबाट फ्लोरमा जानेछ भने सो फिल्ममा विजय सेथिपाईलाई उनको अपोजिटमा दर्शकले देख्न पाउनेछन् ।

हाल उनले अभिनय गरेको फिल्म २.० रिलिजको पर्खाईमा रहेको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्