राजधानीमा कार्ल माक्स द्विशतवार्षिकी समारोह मनाईदै



काठमाडौ, २१ वैशाख / एटम शर्मा
आज राजधानीमा कार्ल माक्स जन्म द्विशतवार्षिकी समारोह तथा राष्ट्रिय गोष्ठी मनाईदै छ । कार्ल मार्क्स मुल समारोह समितिको आयोजनामा संचालित उक्त कार्यक्रम बागबजार स्थित योगम्बर पार्टी प्यालेसमा संचालन हुँदैछ ।

आज र भोलि गरि दुई दिन समारोह संचालन हुने भएको छ । कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रमुख अतिथि रहेका छन भने पूर्वप्रधानमन्त्री झलनाथ खनाल, पूर्वप्रधानमन्त्री माधव नेपाल, एमाले उपाध्यक्ष वामदेव गौतम, माओवादी केन्द्रका नेता अमीक शेरचन अथितिको रुपमा रहेका छन ।

कार्यक्रमलाई एमाले उपमहासचिव तथा कार्ल मार्क्स मुल समारोह समितिका संयोजक घनश्याम भुसालले अध्यक्षता गरेका छन ।

कार्यक्रममा सहभागी हुन आएका कार्ल मार्क्सका शुभचिन्तकहरुले हल भरिभराउ भएको छ । आज उद्घाटन र विचार सत्र हुने पनि कार्यक्रम संचालक डा. विजय पौडेलले जनाएका छन ।

प्रतिक्रिया दिनुहोस्