
काठमाडौं, १८ वैशाख २०७५ ।
१२९ औं अर्न्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा विभिन्न मजदुर संगठनले आयोजना गरेका मे दिवस समारोह तथा पुस्तक विमोचनमा पूर्व प्रधानमन्त्रीहरु पुष्प कमल दाहाल (प्रचण्ड) र झलनाथ खनालले सम्बोधन गरेका थिए ।
सभामा मन्त्री गोकर्ण विष्ट लगायत विभिन्न क्षेत्रलाई प्रतिनिधित्व गर्ने स्वदेशी तथा विदेशी बुद्धिजीवी, पेशाकर्मी लगायतको उपस्थिति रहेको थियो । समारोहको र्याली भृकुटीमण्डपबाट शुरु भई यलम्बर पार्टी प्यालेसमा पुगी सभामा परिणत भएको थियो ।
सो सभाको जनता टेलिभिजनले प्रत्यक्ष प्रसारण गरेको थियो ।