
काठमाडौं, १६ वैशाख/ एटम शर्मा
एमाले केन्द्रीय सदस्य तथा भोजपुर जिल्ला प्रदेश क का सांसद राजेन्द्र कुमार राईले नेता तथा कार्यकर्ताहरुलाई गुटको आधारमा आफ्नै नेतालाई खुइलाउने काम नगर्न आग्रह गरेका छन् ।
हिजो शनिबार एमाले केन्द्रीय कार्यालय धुम्बाराहीमा एमाले भोजपुर काठमाडौं सम्पर्क मंचद्वारा आयोजित नववर्षको शुभकामना आदानप्रदान तथा भित्तेपात्रो सार्वजानिक कार्यक्रममा बोल्दै राईले उक्त कुरा बताएका हुन् ।
हामी जानीनजानी आजभोली गुटबन्दीमा एकदमै ग्रसित भएका छौ । एक अर्काको खुट्टा तान्ने, अस्वच्छ आलोचना गर्ने अनि असफल बनाउने खेलमा मात्र दौडिरहेका छौ । भन्ने पर्दा यो हाम्रो संस्कार नै बनिसकेको छ । काठमाडौं देखि भोजपुर सम्म नै यसले जरा गाडिसकेको छ । यो हाम्रो लागि राम्रो होइन र यसले कालान्तरमा कसैलाई पनि राम्रो गर्दैन । तेसैले अब सम्पर्क मंच र जिल्ला कमिटिका नेता कार्यकर्ता कसैले पनि गुटबन्दी नगर्नु होला । मन भित्रै वाट गुटबन्दी भन्ने शब्द हटाइदिनु होला नेता राईले आग्रह गरे ।
तपाईहरुले गुटबन्दी गरेर केहि हुनेवाला छैन र हुदैन पनि । तपाईहरुको गुटबन्दी भनेको एउटा बुढी मान्छेले गाडीको यात्रा गर्दा गाडी लड्छ भनेर गाडी थामे जस्तो भ्रम मात्र हो । तपाईहरुको गुटबन्दीले न त कसैले टिकट पाउने सामर्थ बोक्छ न त कसैको टिकट खोसिने सामर्थ नै तेसैले तपाईहरुको गुटबन्दीको कुनै अर्थ छैन भन्दै नेता राईले सबैलाई आफ्नो नेताले गरेको राम्रो काममा सहयोग गर्न र नराम्रो काममा स्वाच्छ आलोचना गर्न सुझाब दिए ।