
काठमाडौं, १४ वैशाख
गृह मन्त्रालयले व्यापक रुपमा प्रमुख जिल्ला अधिकारी (सिडिओ) हरुको सरुवा गरेको छ । मन्त्रालयका अनुसार ६० जना सिडिओहरुको सरुवा भएको हो ।
मन्त्रालयले रा. प. प्रथम (सह सचिव) तथा द्वितीय श्रेणी (उप सचिव) का प्रमुख जिल्ला अधिकारीहरुको सरुवा सूची निकालेको छ ।
यसरी सरुवा हुनेमा भक्तपुरका सिडिओ द्रोण पोखरेल सर्लाही पुगेका छन् भने चितवनका सिडिओ नारायण प्रसाद भट्टलाई भक्तपुर ल्याइएको छ ।
काभ्रेका सिडिओ शिव सिंखडा क्षेत्रीय प्रशासन हेटौडा पुगेका छन् । सुनसरीका सिडिओ गोपालप्रसाद पराजुली धनुषा पुगेका छन् । झापाका सिडिओ ऋषीराम तिवारी कैलाली पुगेका छन् ।
हेर्नुहोस् सरुवाको सूची