
काठमाडौं, १४ वैशाख
एनएफडिसी राष्ट्रिय चलचित्र पुरस्कारमा फिल्म ‘शत्रु गते’ ले उत्कृष्ट फिल्मको अवार्ड पाएको छ । निर्देशकको अवार्ड भने फिल्म ‘लिलिबिली’ का लागि निर्देशक मिलन चाम्सले उचाले । नायक र नायिकामा ‘कृ’ बाट अनमोल केसी र ‘ब्ल्याइन्ड रक्स’बाट बेनिशा हमालले पाइन् ।
यस्तै फिल्म ‘छक्का पञ्जा २’ बाट दीपकराज गिरी, केदार घिमिरे र जितु नेपालले संवादको अवार्ड पाए । उत्कृष्ट नव अभिनेताको अवार्ड ‘ग्याङ्गस्टर ब्लूज’ बाट आशिरमान देशराज जोशी र नव अभिनेत्रीको अवार्ड ‘लिलिबिली’ बाट जसिता गुरुङले पाइन् । सह अभिनेताको अवार्ड प्रशान्त ताम्राकारले ‘ऐश्वर्य’ बाट उचाले भने सोही फिल्मबाट केकी अधिकारीको सह अभिनेत्रीको अवार्ड पाइन् । छायाँकारको अवार्ड सुदिप बरालले ‘लिलिबिली’ बाट जिते पाए ।
यस वर्षको ब्ल्कबस्टर गीत ‘कुटुमा कुटु’ का संगीतकार राजनराज सिवाकोटीले अवार्ड पाउँदा ‘ऐश्वर्य’को ‘तिमी रोएको पल’ बाट अञ्जु पन्त र सुगम पोखरेलले साझेदारी गरे । फिल्म ‘शत्रुगते’को ‘रुपै मोहनी’बाट कविराज गहतराजले कोरियोग्रफारको अवार्ड पाए । ‘कृ’ बाट चन्द्र पन्तले द्धन्द्ध निर्देशकको अवार्ड पाए ।
हायत होटलमा आयोजना गरिएको एनएफडिसी अवार्ड बर्षातका कारण लथालिङ्ग हुन गएको थियो । बर्षा नरोकिएपछि ग्राउण्डबाट अवार्डलाई हलमा सारेर सम्पन्न गरिएको थियो । बम्बइदेखि अवार्डका लागि नेपाल आएकी अभिनेत्री निरुता सिंहले आफ्नो प्रस्तुती दिन पाइनन् ।