होटल हायतमा अनमोल र प्रदीपको यसरी मिल्यो हात (भिडियो)



काठमाडौं, १४ वैशाख

युवा पुस्तामाझ अत्याधिक क्रेज बनाएका दुई स्टार अनमोल केसी र प्रदीप खड्का पहिलो पटक मिडियामा एकसाथ कैद भएका छन् । बिहिबार, होटल हायतमा एनएफडिसी अवार्डमा सहभागी हुन गएका अनमोल र प्रदीपबिच भेट मात्रै भएन, हात मिलाएर अंकमाल पनि भयो ।

मिडियाबाट घेरिएका अनमोल र प्रदीपबिच केही बेर वार्तालाप समेत भयो । तर उनीहरुबिच के कुरा भयो ? त्यो भने व्याग्राउन्ड म्युजिकको स्पष्ट सुन्न सकिएन । पिता भुवन केसीसँगै अवार्ड समारोहमा पुगेका अनमोल भएतिर प्रदीपलाई पठाउने आग्रह मिडियाकर्मीले नै गरेका थिए । मिडियाकर्मीको आग्रहलाई स्विकार्दै प्रदीपले अनमोलाई भने । हात मिलाए । अंकमाल गरे र केही बेर गफ समेत गरे । प्रदीपले पिता केसीलाई नमस्कार गरे । भुवनले पनि प्रदीपसँग गला मिलाए ।

यो भिडियो हेर्नुस् :

दुई स्टारको मिलनले शुभचिन्तक माझ यतिबेला खुसी छाएको छ । अनलाइन युट्युवतिर अनमोल र प्रदीप छाएका छन् । आपसी प्रतिस्पर्धा भएपनि अनमोल र प्रदीपको यो भेटले सकारात्मक सन्देश दिएको छ । दुई स्टारको भेट हुँदा त बजार गर्माएको छ, सँगै फिल्म खेले के होला ? – रमाइलो छ

 

प्रतिक्रिया दिनुहोस्