बू.न.पा.-१० मा महाभूकम्प स्मृति बाटिका शिलान्यास (फोटो फिचर)



१२ बैशाख २०७५

२०७२ वैशाख १२ गते गएको महाभूकम्पको ठिक तीनवर्षपछि बूढानीलकण्ठ नगरपालिका वडा नं. १० साप्रेढुंगामा रहेको करिव ४ रोपनी सार्वजनिक जग्गामा नगर उप-प्रमुख रमादेवी राईले एक विशेष कार्यक्रम विच स्मृति बाटिकाको शिलान्यास गरेकी छिन् ।

मन्तव्य राख्दै नगर उपप्रमुख रमादेवी राई

कार्यक्रममा नगर उप प्रमुख राईले नगरपालिका बाटिका निर्माणको लागि छुट्याएको रकम अति नै कम हुने भएकोले स्थानीय समाजसेवीहरुले विशेष सहयोग गर्नुपर्नेमा जोड दीईन । समाजसेवी भनेर नाममात्र होइन, बाटिका निर्माणमा योगदान गरेर साँच्चै समाजसेवी देखिने बेला आएको उनले बताईन ।

मन्तव्य राख्दै वडाध्यक्ष नवराज भट्टराई

वडाध्यक्ष नवराज भट्टराईले सार्वजनिक जग्गा अतिक्रमण गरेर बस्ने जोकोहिलाई नगरपालिकाले नछोड्ने बताए । सार्वजनिक जग्गा हडप्ने प्रति आक्रमक भट्टराईले स्थानीय सरकारको अनुरोध वेवास्ता गर्नेहरुद्वारा अतिक्रमित जग्गा सरकारले बल प्रयोग गरेर भएपनि सार्वजनिक हितमा प्रयोग गर्ने चेतावनी दिए ।

सार्वजनिक जग्गा संरक्षण समिति वडा नं. १० की संयोजक देवी रेग्मीले आफ्नो अधिकारको प्रयोग गरी उपप्रमुखबाट प्राप्त ६ लाख र नगरपालिका मार्फत प्राप्त ५ लाख गरी ११ लाख बजेट पारदर्शी ढंगले सदुपयोग गर्ने बताईन । उनको जोड थियो,’ साप्रे ढुंगा लगायत वडाका अन्य क्षेत्रमा मिचिएका कुनैपनि सार्वजनिक जग्गा फिर्ता गर्न समितिले स्थानीय सरकारलाई सकेको सहयोग गर्ने प्रतिवद्धता जनाईन् ।’

मन्तव्य राख्दै सार्वजनिक जग्गा संरक्षण समिति–१०, अध्यक्ष देवी रेग्मी

१० नं. वडा कार्यालय, सार्वजनिक जग्गा संरक्षण समिति र कल्याणकारी स्वयंसेवक संघ नेपालको संयुक्त आयोजनामा भएको कार्यक्रमका वक्ताहरुले महाभूकम्पको स्मरण गर्दै विपतको समयमा काम लागेका खुल्ला चौरहरु भावी पुस्तालाई समेत जोगाउनु पर्नेमा जोड दिए ।

बाचन गर्दै वडा नं. १२ का वडासदस्य पुरुषोत्तम नेपाल

कार्यक्रममा वडा नं. ११ का वडाध्यक्ष राजु अधिकारी/१२ का वडाध्यक्ष शम्भु भट्टराई, कल्याणकारी स्वयंसेवक संघ नेपालका केन्द्रिय अध्यक्ष अक्कल तामाङ, समाजसेवी मिठाराम अधिकारी, वडा सदस्यहरु चन्द्रमान श्रेष्ठ, भुवप्रसाद रेग्मी ,रिता दाहाल, बाल उद्धार मा.वि. व्यवस्थापन समितिका अध्यक्ष शिव बजगाई, स.प्र.अ. राजन रेग्मी, साथै बिष्णुचन्द्र अधिकारी, राजन श्रेष्ठ, गणेश मिश्र समेत अतिथिको रुपमा रहेका थिए । कार्यक्रममा स्थानीयवासी र बाल उद्धार मा.वि.का विधार्थीहरुको बाक्लो उपस्थिति थियो ।

कार्यक्रम संचालन गर्दै हेमा अधिकारी

सार्वजनिक जग्गा संरक्षण समिति संयोजक देवी रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा टिका दाहालले स्वागत मन्तव्य र हेमा अधिकारीले कार्यक्रम संचालन गरेकी थिइन् ।

मन्तव्य राख्दै समाजसेवी तथा कपन गाविसका पूर्व अध्यक्ष मिठाराम अधिकारी
मन्तव्य राख्दै कल्याणकारी स्वयंसेवक संघ नेपालका केन्द्रिय अध्यक्ष अक्कल तामाङ
राष्ट्रिय गान गाउँदै सहभागीहरु
प्रतिक्रिया दिनुहोस्