
काठमाडौँ, १२ वैशाख
राष्ट्रपति विद्यादेवी भण्डारीले तीन वर्षअघि आजकै दिन गएको भूकम्पले उत्पन्न गराएको त्रासदी, मानवीय एवं संरचनामा पु¥याएको क्षतिले अझै आफूलाई दुःखी तुल्याइरहेको उल्लेख गरेकी छन् ।
उनले आज एउटा ट्वीट गर्दै पुनःनिर्माणमा सम्बद्ध पक्षको ध्यानाकर्षण गराउनुका साथै विपत्तिमा अमूल्य जीवन गुमाउनेहरुप्रति श्रद्धाञ्जलि अर्पण गरेकी छन् । साथै, घाइते र पीडितमा गहिरो माया ट्वीटमार्फत राष्ट्रपति भण्डारीले व्यक्त गरेकी छन्।
यस्तो छ राष्ट्रपति भण्डारीको दास्रो ट्वीट:
आजकै दिन तीन वर्ष अगाडि गएको भूकम्पले उत्पन्न गराएको त्रासदी, मानवीय एवं संरचनामा पुर्याएको क्षतिले अझै पनि मलाई दुःखी तुल्याइरहेको छ । पुनर्निर्माणमा सम्बद्ध पक्षको ध्यानाकर्षण गराउँदै विपत्तिमा अमूल्य जीवन गुमाउनेहरुप्रति भावपूर्ण श्रद्धाञ्जली ! घाइते र पीडितमा गहिरो माया ।
— Bidhya Devi Bhandari (@PresidentofNP) April 25, 2018