
काठमाडौँ, १२ वैशाख
गायक प्रशान्त गैरेको ‘शून्य लाग्छ किन’ बोलको गीतको म्युजिक भिडियो युटुबमार्फत सार्वजनिक भएको छ। नयाँ वर्ष २०७५ सालको कोसेली स्वरूप गायक प्रशान्त आफ्नो नयाँ गीत ‘शून्य लाग्छ किन’ लिएर सांगीतिक बजारमा आएका हुन्।
यस गीतको म्युजिक भिडियोमा गायक प्रशान्त आफै मोडल दिपा सापकोटासँग देखिएका छन्। भिडियोमा प्रशान्तले शून्य लाग्छ किन जब तिमि नहुँदा भन्दै मोडल दिपासँग गरेको अभिनय प्रसंशा गर्न लायक छ । रनधिर श्रेष्ठले निर्देशन रहेको यस म्युजिक भिडियोको सम्पादन पनि स्वयम् श्रेष्ठले नै गरेका छन् भने अचित श्रेष्ठको छायाँकन रहेको छ।
संजिब बराईलीको म्युजिक ट्रयाक एरेन्ज रहेको यस गीतमा संगीत प्रकाश नेपाली भरेका छन्। प्रकाश केसीले मास्टरिङ गरेको यो गीत ड्रिम्स स्टुडियोमा रेकर्ड गरिएको हो।
भिडियो: