‘सिडिएम फाइभके’ का ब्रान्ड एम्बेस्डर अर्पण र ऋचा



काठमाडौं, ११ वैशाख

अभिनेता अर्पण थापा र अभिनेत्री ऋचा शर्मा ‘सिडीएम फाइभ के रन होमकमिङ वीकेण्ड’ गुड्विल एम्बेस्डर भएका छन् । त्रिभुवन विश्व बिद्यालय, व्यवस्थापन केन्द्रीय बिभागको आयोजना तथा ट्रान्स टेक मिडिया र मार्स कन्सल्ट्यान्टको सहकार्यमा बैशाख १५ गते कार्यक्रम हुँदैछ ।

सोमबार गरिएको प्रेसमिटमा बोल्दै नायिका ऋचा शर्माले भनिन्, यस प्रकारका कार्यक्रममा नेपाली कला जगतका ब्यक्तित्वहरुको उपस्थितीले कार्यक्रमको हाईप सिर्जना गर्न र प्रचार प्रसारमा मद्धत पुग्छ भन्ने विश्वास छ । सिडीएम अलुमिनी यसोसिएसनले अघिल्लो बर्ष जस्तै यसबर्ष पनि बैशाख १५ गतेकै दिन ’वल्काथोन’ सँगै फुड फेस्टिवल, म्युजिकल इभेन्ट, स्वास्थ्य शिविर लगायतका कार्यक्रम गर्ने भएको हो ।

रेनल्टको मुख्य प्रायोजन रहेको कार्यक्रमलाई विभिन्न बैंक, बित्तिय संस्था, इन्सुरेन्स, इन्टरनेट प्रदायक संस्था, फेडएक्स कार्गो लगायतले प्रायोजन गरेका छन । कार्यक्रममा करिब ५ हजार भन्दा बढी व्यक्तिको उपस्थिति हुने अनुमान आयोजकले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्