इन्डोनेसियाको २० हजारको नोटमा गणेश भगवानको फोटो



काठमाडौं । प्रायः हामीले विश्वका अलगअलग देशका रोचक तथ्य सुन्दै र पढ्दै आएका छौं । तर केही कुरा यस्ता रोचक खालका हुन्छन् कि जुन पत्याउनै गाह्रो हुन्छ । अनि त्यो रोचक कुरा भावनासँग पनि जोडिएको हुन्छ । एउटा यस्तै एक देश हो इन्डोनेसिया । यहाँको मुद्रालाई नेपालसँग मिल्दोजुल्दो ‘रुपियाह’ भनिन्छ । त्यसबाहेक अझै रोचक कुरा त के छ भने मुस्लिम देश इन्डोनेसियाको मुद्रामा गणेश भगवानको तस्बिर छापिएको छ ।

आखिर किन होला ? यसको कारण पनि रोचक छ । इन्डोनेसियामा करिब ८७ दशमलव ५ प्रतिशत जनसंख्याले इस्लाम धर्म मान्छन् । हिन्दुहरु केबल ३ प्रतिशत छन् । रुपियाह भनिने इन्डोनेसियाको २० हजारको नोटमा भगवान गणेशको फोटो छ । त्यहाँका बासिन्दाले गणेशकै कारण देशको अर्थव्यवस्था मजबुत भएको विश्वास गर्ने भएकाले नोटमा गणेशको फोटो छापिएको बताइन्छ । भगवान गणेशलाई इन्डोनेसियामा शिक्षा, कला र विज्ञानको देवता मानिन्छ । २० हजारको नोटको अघिल्तिर गणेशको र पछिल्लो भागमा कक्षा कोठाको तस्बिर छ, जसमा शिक्षक र विद्यार्थी देखिन्छन् । साथै नोटमा इन्डोनेसियाको पहिलो शिक्षामन्त्री हजर देवान्त्राको तस्बिर पनि छ । देवान्त्रालाई इन्डोनेसियाको स्वतन्त्रता सेनानी मानिन्छ । भनिन्छ केही वर्षअघि इन्डोनेसियामा आर्थिक मन्दी भएको थियो ।

त्यहाँका अर्थविज्ञहरुले निकै बहस र छलफलपछि २० हजारको एउटा नोट जारी गरे, जसमा गणेशको तस्बिर छापियो । त्यहाँका बासिन्दाहरुमा यो मान्यता छ कि त्यसपछि अर्थव्यवस्था मजबुत बन्यो । त्यहाँको एक चर्चित पर्यटकीय गन्तव्यमा अर्जुन र श्रीकृष्णको मूर्ति पनि राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्