प्रियंका र कट्रिनालाई किन जुधाउँदैछन् सलमान ?



मुम्बई : ‘रेस ३’ को सुटिङ सकिए लगत्तै बलिउड नायक सलमान खान ‘भारत’ फिल्मको सुटिङमा व्यस्त भईसकेका छन् । फिल्ममा सलमान करिब १० बर्षको अन्तरालमा नायिका प्रियंका चोपडासंग काम गर्देछन् । सन् २००४ मा ‘मुझ से शादी करोगी’ र सन् २००८ मा ‘गड तुस्सी ग्रेट हो’ फिल्ममा एकसाथ काम गरेका सलमान र प्रियंकाले त्यसपछि भने एकसाथ कहिल्यै काम गरेनन् ।

भनिन्छ यी दुई फिल्ममा काम गरेपछि सलमान र प्रियंकाबीच सम्बन्ध राम्रो रहेन । कतिसम्म भने सुरुवाती दिनमा सलमानले प्रियंकालाई दुख दिएको भन्दै मिडियामा समाचार पनि आएका थिए । तर यी दुई भारत फिल्ममा देखिने भएपछि भने यसको खुबै चर्चा भईरहेको छ । प्रियंका यतिबेला हलिउडमा व्यस्त छिन् ।

उनी ‘बाजीराव मस्तानी’ पछि कुनै बलिउड फिल्ममा देखिएकी छैनन् । त्यसैले पनि उनलाई बलिउड फिल्ममा हेर्न उनका फ्यानहरु आतुर छन् । सलमानको ‘भारत’ मा प्रियंकाको नाम संगै यतिबेला फिल्ममा कट्रिनाको पनि इन्ट्री भएको चर्चा छ । भारतीय सञ्चारमाध्यमका अनुसार सलमानले कट्रिनालाई पनि फिल्ममा राखेका छन् ।

यति भएपछि प्रियंका र कट्रिनाबीच कडा तुलना हुने निश्चित छ । हुन त पछिल्लो समय सलमान र कट्रिनाको जोडी पनि निकै चर्चामा रह्यो । ‘टाईगर जिन्दा है’ को सफलतापछि सलमानको झुकाव कट्रिनाप्रति झनै बढेको छ । कुनै समय प्रेम सम्बन्धमा रहेको भनिएका सलमान कट्रिनाप्रति बढि नै मेहरवान गर्छन् ।

प्रतिक्रिया दिनुहोस्