
काठमाडौँ, ६ वैशाख
मुलुकको समृद्धिका लागि कलम चलाउन जोड दिइएको छ ।
‘नयाँसवाल डटकम’ले आज यहाँ आयोजना गरेको ‘मुलुकको समृद्धिमा सञ्चारमाध्यमको भूमिका’ विषयको अन्तरक्रियामा प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले मुलुक समृद्ध बनाउन सञ्चारमाध्यमले पनि भूमिका खेल्नुपर्ने बताउनुभयो ।
राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटाले आर्थिक विकासका पक्षमा सञ्चारमाध्यमको ध्यान जानुपर्ने बताउनुभयो । प्रेस काउन्सिल नेपालका मुख्य अधिकृत झविन्द्र भुसालले मुलुकलाईसमृद्ध बनाउन आर्थिक समाचार बढी लेख्नुपर्ने सुझाव दिनुभयो ।(रासस)