
शाहिद कपुर र उनकी श्रीमती मीरा राजपुतले विभिन्न अन्तर्वार्तामा आफ्नो नीजि जीवनबारे मज्जाले कुराकानी गरिरहेको देख्न सकिन्छ । केही दिन अघि त्यस्तै भयो । अन्तर्वार्ताको क्रममा सधैं लजालु देखिने शाहिद कपुरले मीरा राजपूतको बेडरुम सिक्रेट सेयर गरेका छन् । शाहिदले दुबैको लाइफस्टाइलबारे कुराकानी गरेका थिए ।
शाहिदका अनुसार मीरासँग शाहिदभन्दा धेरै जुत्ता छन् । शाहिद भन्छन्, ‘मीरासँग यति धेरै जुत्ता छ कि उनी अब मेरो दराजमा पनि राख्न थालेकी छिन् । मेरो काम भने त्यहाँबाट भटाभट उनको जुत्ता फ्याँक्नु हो ।’ शाहिदका अनुसार मीराले धेरै पटक शाहिदको कपडा लगाएर सुत्ने गरेकी छिन् । यस्तै, यसअघि मीराले आफ्नो बेडरुम सिक्रेट साझा गरेर निकै चर्चा बटुलेकी थिइन् ।
नेहा धुपियाको टक शोमा मीरा राजपूतले आफ्नो यौन जीवनबारे चकित गरिदिने बयान दिएकी छिन् । नेहाको प्रश्नको जवाफ दिँदै मीराले भनिन्, ‘शाहिद कपूर बेडमा निकै ‘कन्ट्रोल फ्रिक’ हुन्छन् ।’ मीराको यो जवाफमा शाहिदको अनुहार रातो भएको थियो भने मीरा र नेहा भने एक अर्कालाई हेरेर हाँसिरहेका थिए । शाहिद मीराले मात्र नभई बलिउडका अन्य स्टारले पनि आफ्ना नीजि जीवनबारे मज्जाले बोलेका छन् ।