पूर्वप्रेमी रणवीर र दीपिका फेरि सँगै



एजेन्सी -चर्चित बलिउड नायिका दीपिका पादुकोण फेरी आफ्ना पुर्वप्रेमीसँग सँगै देखिने भएकी छन् । भारतिय मिडियाका अनुसार दिपिका रणवीर कपुर सँग फेरि सँगै देखिने भएका हुन् । तर यो जोडी फिल्ममा नभइ एकसाथ चलचित्रमा नभएर र्‍याम्प शोमा देखिन लागेको बताइएको छ ।डिजाइनर मनिष मल्होत्रा यो खुराले खुशी छन् कि रणवीर र दीपिका मिजवान वेलफेयर सोसाइटीको सहयोगमा आयोजित उनको तहको सातौं संस्करणको लागि र्‍याम्प वाकमा उत्रनेछन् ।

यसअघि यो शो अप्रिल ९ गते हुने भनिएको थियो । तर रणवीर र दीपिकाको स्वास्थ्यका कारण शो स्थगित भएको थियो । अब १९ अप्रिलमा दुईटै एकसाथ स्टेजमा र्‍याम्प गरिरहेका देखिनेछन् । मनिषले इन्स्टाग्राममा तस्बिर सेयर गरेपछि खबर बाहिर आएको हो । यो जोडी लामो समयको प्रेम सम्बन्धपछि अलग भएका थिए । अहिले दीपिका रणवीर सिंहसँग प्रेम सम्बन्धमा छिन् भने रणवीर कपुर कट्रिना कैफसँगको ब्रेकअपपछि सिंगल छन् ।

प्रतिक्रिया दिनुहोस्