हाँस्यकलाकार मनोज गजुरेलको डेब्यु चलचित्र ‘सयकडा दश’ को छायांकन शुरु



काठमाडौँ – हाँस्यकलाकारका रुपमा चर्चामा रहेका कलाकार मनोज गजुरेल सयकडा दश’बाट उनले चलचित्रमा डेब्यु गरेका छन् । बौद्ध नयाँबस्तीस्थित सर्वेश्वर महादेव मन्दिरमायसै साताबाट उनले चलचित्रमा डेब्यु गरेका हुन् । बौद्ध नयाँबस्तीस्थित सर्वेश्वर महादेव मन्दिरबाट  भएको छायांकन स्थलमा अभिनेता राजाराम पौडेलले माला लगाएर गजुरेललाई चलचित्र क्षेत्रमा स्वागत गरेका थिए ।

स्वागतपछि गजुरेलले आफू डेब्युका लागि उपयुक्त चलचित्रको पर्खाइमा रहेको बताउँदै चलचित्र सयकडा दशले त्यो पर्खाइ समाप्त पारेको बताएका छन् ।फिल्मलाई अभिनेता अमृत ढुंगानाले यसै चलचित्र मार्फत चलचित्रमा डेब्यु गरेकी करुणा श्रेष्ठसँग जोडी बाधेका छन् ।

फिल्ममा अमृत र करुणाका अलवा वि डंगोल, रस्मी भट्ट, उत्सव न्यौपाने, अमित पोखरेल, सोनिया राई, कुमार कार्की, प्रसिद्ध थापा र मानस्वी निरौला लगायतका कलाकारले पनि चलचित्रको शिर्ष भूमिकामा रहेर अभिनय गर्ने छन् । रामेश्वर कार्कीको छायांकन, बनिश शाहको सम्पादन, दिलिप ओखेडाको नृत्य निर्देशन, कल्याण सिंहको संगीत चलचित्रमा युट्युव स्टार गायक स्वप्न सुमनले पाश्र्वगायनमा त्रिशाला गुरुङ र संदेश पाठकसँग टीमअप गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस्