‘शत्रुगते’ बन्यो सर्वाधिक ग्रस कलेक्सन गर्ने चौथो फिल्म



काठमाडौं, ५ वैशाख

चौथो सातामा प्रदर्शनरत फिल्म ‘शत्रुगते’ सर्वाधिक ग्रस कलेक्सन गर्ने चौथो फिल्म बन्न सफल भएको छ । स्व.अभिनेता श्रीकृष्ण श्रेष्ठको ‘कोहिनूर’ पछि सर्वाधिक ग्रस कलेक्सन गर्नेमा ‘शत्रुगते’ ले ठाउँ लिएको हो ।

मह सञ्चारको प्रस्तुतीमा किरण केसीले निर्माण गरेको फिल्मले प्रदर्शनको २५ दिनमा दश करोड बढी ग्रस कलेक्सन गरेको रिपोर्ट छ । यद्पी फिल्म निर्माण पक्षले यकिन ग्रस कलेक्सन सार्वजनिक गरेको छैन् । प्रदीप भट्राई निर्देशित फिल्मले बाह्र करोड माथिको लाइफ टाइम ग्रस कलेक्सन गर्ने अपेक्षा छ । चौथो सातामा पनि मल्टीप्लेक्समा फिल्मको शो उच्च छ ।

स्व.अभिनेता श्रीकृष्ण श्रेष्ठको ‘कोहिनूर’ले १२ करोडको कुल ग्रस कलेक्सन गरेको हिसाब छ । यस्तै पहिलो नम्वरमा रहेको ‘छक्का पञ्जा’ ले १६ करोड र दोश्रो नम्वरमा रहेको ‘छक्का पञ्जा २’ ले १५ करोडको ग्रस कलेक्सन गरेका छन् । यस हिसाबले सर्वाधिक ग्रस कलेक्सन गर्ने फिल्मको उत्कृष्ट्र तीन सुचीमा हाँस्य व्यांग्य कलाकारको निर्माण तथा अभिनय रहेको फिल्म पर्न आउने देखिन्छ ।

सर्वाधिक ग्रस कलेक्सन गर्ने फिल्मको सुचिमा गत सालका फिल्महरु धेरै छन् । ‘छक्का पञ्जा २’ देखि ‘ए मेरो हजुर २’, ‘२ रुपैयाँ’, ‘प्रेम गीत २’ र ‘म यस्तो गीत गाउँछु’ ले सार्वधिक ग्रस कलेक्सन गरे ।

प्रतिक्रिया दिनुहोस्