नेपाल र अमेरिकामा सँगै हुइँकने ‘कोहलपुर एक्स्प्रेस’



काठमाडौं, ४ वैशाख

नायिका केकी अधिकारीले निर्माण गरेको फिल्म ‘कोहलपुर एक्स्प्रेस’ नेपाल र अमेरिकामा एकसाथ हुइँकने भएको छ । अर्थात् केकीको फिल्म बैशाख १४ (अप्रिल २७) नै नेपाल र अमेरिकामा सँगै प्रदर्शनमा आउने भएको हो ।

फिमेल लिड कमेडी फिल्म ‘कोहलपुर एक्सप्रेस’लाई प्लानेट थ्री फिल्म्स, कोसेली इभेन्ट्स, नेप्सिन र फ्युजन इन्टरनेसनलले अमेरिका वितरणको जिम्मा लिएका छन । विशेषतः फिल्मको गीत तथा प्रोमोले चर्चा पाएसँगै अमेरिकाका डलास, बोस्टन, न्यू योर्क, सिकागो, बाल्टिमोर, भर्जि्निया, कोलम्बस लगायत दुई दर्जन बढी शहरमा फिल्म प्रदर्शन गर्ने मिति पक्का भएको हो । अमेरिकासँगै कोहलपुर एक्सप्रेस को जापानमा पनि शो पक्का भएको छ । त्यहाँ फिल्म मे २७ तारिखमा लाग्दैछ । ऋचा र केकीसँग गरिएको रमाईलो कुराकानी हेर्नुस् :

म्युजिक भिडियो निर्देशक निर्देशक विशाल भण्डारीको डेव्यु निर्देशन रहेको फिल्म ‘कोहलपुर एक्सप्रेस’ मा केकीसँगै नायिकाद्वाय प्रियंका कार्की र ऋचा शर्माको मुख्य भूमिका छ । सँगै बद्धि तामाङ, विनोद न्यौपाने, रविन्द्र झा र बाल कलाकार कशाग्र भट्टराईको मुख्य भूमिका छ । फिल्मको काउ सङ्ग हिट भैरहेको छ । – रमाइलो छ

 

प्रतिक्रिया दिनुहोस्