कम्पनी माला भन्दै ‘चङ्गा’ मा नाचे बुद्धी (भिडियो)



काठमाडौं, ४ वैशाख

जेठ २५ गते रिलिज हुने फिल्म ‘चङ्गा’ को पहिलो गीत रिलिज गरिएको छ । कम्पन माला बोलगको गीतमा राजनराज सिवाकोटीको संगीत तथा स्वर र राजेन्द्र थापाको शब्द छ । स्वरमा सिवाकोटीलाई गायिका अञ्जु पन्तले साथ दिएकी छन् । कविराज गहतराजको कोरियोग्राफी रहेको भिडियो हेर्नुस् :

लोक लयको गीतको भिडियोमा कलाकार बुद्धि तामाङ, कमलमणी नेपाल, अंकित खडका, लक्ष्मी बर्देवा, रेश्मा तिमिल्सिना, प्रेमबर्षा शाह लगायतको नृत्य छ । डिट्ठासाब’ को नामले चिनिने किशोर भण्डारी निर्देशित फिल्म पुर्णतः कमेडी जनराको हो । हाल पोष्ट प्रोडक्सनमा रहेको ‘चङ्गा’ को सार्वजनिक पहिलो गीत हो ।

प्रतिक्रिया दिनुहोस्