पहिलो फिल्ममै मिस नेपाल निकितालाई सर्वाधिक पारिश्रमिक



काठमाडौं, ३ वैशाख

नेपाली चलचित्र क्षेत्रमा कलाकारको पारिश्रमिकबारे निकै गसिप हुने गर्छ । यसै क्रममा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले चलचित्र ‘कायरा’मा १० लाख पारिश्रमिक लिएपछि यसले व्यापक चर्चा पायो । १० लाख पारिश्रमिक लिदै साम्राज्ञी सर्वाधिक महंगी नायिका बनेकी हुन ।

चलचित्र क्षेत्रमा १० लाख पारिश्रमिकको चर्चा सुरु भएको छ । चलचित्र ‘रानी महल’ मा अनुवन्धित भएकी सन् २०१७ कि मिस नेपाल ‘निकिता चण्डक’ले१० लाख पारिश्रमिक लिएको खबरले चर्चा पाएको छ ।निकिताका लागि यो पारिश्रमिकको बार्गेनिङ ‘मिस नेपाल’को आयोजक संस्था द हिडेन ट्रेजरले नै गरेको हो । जुन पारिश्रमिक दिन निर्माणपक्ष तयार भयो ।

वर्षा शिवाकोटी ब्याक भएपछि नायिका नपाएर फिटफिटी परेको यो चलचित्रको निर्माणपक्षलाई निकिताको आगमन सुखद त भयो, तर महंगो पनि परेको छ । दर्शकमा खासै क्रेज नरहेकी सुन्दरीलाई पहिलो फिल्ममै चर्को पारिश्रमिक दिन निर्माण पक्ष किन तयार भएको छ ।

प्रतिक्रिया दिनुहोस्