आधुनिकताको प्रभाव : पतिसँग हुक्का, ससुरासँग बियर



मुम्बइ। अनिता हसनन्दानी भारतीय टिभी शो ‘ये है मोहब्बतें’बाट एकाएक चर्चामा आएकी सुन्दरी हुन् । व्यवसायी रोहित रेड्डीसँग बिहे गरेर सुखमय जीवन बिताइरहेकी यि सुन्दरी हालै १४ अप्रिलका दिन ३७ औं वर्षमा प्रवेश गरिन् ।

आफ्नो जन्मदिन मनाइरहँदा उनका केही गज्जबका तस्विरहरु सार्वजनिक भएका छन् । फोटोमा उनी पतिसँग हुक्का पिउँदै गरेकी र ससुरासँग बियर पिउँदै गरेकी देखिएकी छिन् ।

उनका ससुरा सेवानिवृत्त आर्मी अफिसर हुन् । अनिताले व्यवसायी रोहित रेड्डीसँग बिहे गरेकी हुन् । उनीहरुको भेट जिममा भएको थियो । १४ अप्रिल २०१३ मा यो जोडीले बिहे गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्