सलमान खानलाई वारेन्ट जारी, फेरी अदालतको चंगुलमा फँसे



भारतका सुपस्टार सलमान खानलाई अदालतले जमानत वारेन्ट जारी गरेको छ । आज भन्दा १८ वर्ष अगाडी सन् २००२ मा ‘हिट एंड रन’ मुद्धामा सलमान खानलाई वारेन्ट जारी गरेको हो ।

भारतीय पुलिसका अनुसार सलमान खानका वकीलले फरवरी मै सर्वोच्च अदालतमा क्षमा याचन दाखिल गर्दै जमानतको मिति सार्न आग्रह गरेका थिए । उनको आग्रह अनुसार अदालते सलमान खानका वकिलाई अनुमती दिएको थियो ।

सर्वोच्चले दिएको आदेशको पालना गर्दै सत्र अदालतले सलमान खानको नाममा पछि जमानत वारेन्ट जारी गरेको थियो । मार्च महिनाको पहिलो हप्तामा भारीय पुलिस नोटिस बोकेर सलमानको घरमै पुगेको भारतीय सञ्चार माध्यमले लेखेका छन् । त्यती बेला घरका सदस्यले सलमान भारत बाहिर दुबईमा रहेको जानकारी दिएका थिए ।

जसका कारण पुलिसले सलमानका पिता सलीम खानलाई वारेन्ट बुझाएको थियो । उनको घरमै अदालतमा उपस्थित हुने सुचना पुग्दा पनि उपस्थित नभएको आरोप लागेको छ । सलमान खान वा उनका वकिल अदालतमा उपस्थित हुनुपर्ने थियो तर त्यस्तो भएन ।

त्यसपछि अदालतलाई दोस्रो वारेन्ट जारी गर्न पर्नेभयो । तर दोस्रोपटक पनि सलमान र उनका वकिल अदालतमा हाजिर भएनन् । अहिले फेरी अदालते सलमान खान विरुद्ध जमानत वारेन्ट जारी गरेको छ । जसले गर्दा सलमान खान तनाव परेका छन् ।
हिन्दुस्तानबाट अनुवादित

प्रतिक्रिया दिनुहोस्