टाइगरभन्दा पहिले ‘गे’सँगको प्रेममा ‘बागी २’ की नायिका दिशा पटानी



मुम्बई । बलिउड अभिनेत्री दिशा पटानीको यात्रा ‘बागी–२’ले भारतमा धमाल मच्चाइ रहेको छ । उनको अभियनको चर्चा चुलिएको छ ।

अभिनेता टाइगर श्राफकी प्रेमिकाका रूपमा ‘बागी २’ मा चर्चामा रहेकी छिन् । उनी टाइगरभन्दा पहिले एकजना ‘गे’सँग प्रेममा थिइन् । यो कुरा हालै बाहिरिएको हो । ‘एमएस धोनी’ फिल्मबाट उनले बलिउडमा डेब्यु गरेकी हुन् ।

थोरैलाई मात्र थाहा छ कि दिशाको पहिलेको ब्वाइफ्रेन्ड ‘गे’ थिए । ‘गे’सँग ब्रेकअपपछि दिशाको भेट टाइगरसँग भयो । दिशाले फिल्म उद्योगमा पाइला राख्नुअघि टिभी एक्टर पार्थ समथानसँग डेट गर्ने गरेको जनाइएको छ ।

त्यतिवेला पर्थ टेलिभिजनको दुनियाँमा चर्चित थिए । दिशाको पर्थबाहेक टिभी प्रोड्युसर विकास गुप्तासँग पनि अफेयरको हल्ला चल्यो । विकाससँग प्रेममा परेपछि उनले पर्थलाई ब्रेकअप दिएकी थिइन् ।

अहिले भने उनी टाइगरको प्रेममा चुर्लुम्म छिन् । बलिउडमा करिअर उचो पार्न उनलाई प्रेमी टाइगरले पनि निकै साथ दिएका छन् । – एजेन्सी

प्रतिक्रिया दिनुहोस्