‘ब्राण्ड एम्बेस्डर’ बनिन् साम्राज्ञी



पछिल्लो पुस्तामा सर्वाधिक रुचाइएकी अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह ‘एजुकेशन एण्ड माइग्रेसन कर्नर’ को ‘ब्राण्ड एम्बेस्डर’ का रुपमा नियूक्त भएकी छिन् । उनलाई एक बर्षका लागि एजुकेशन एण्ड माइग्रेसन कर्नरले नियूक्त गरेको हो ।

अभिनेत्री शाहले एजुकेशन क्षेत्रमा आफ्नै बिशिष्ट पहिचान बनाएको संस्थासँग आबद्द हुन पाउँदा खुसी महशुस गरेको बताइन् । अब उनले ‘एजुकेशन एण्ड माइग्रेसन कर्नर’ का बिभिन्न कार्यक्रमहरूमा सहभागिता जनाउने छिन् ।

अभिनेत्री साम्राज्ञी अभिनीत तेस्रो फिल्म ‘तिमीसँग’ यही चैत २३ गते बाट देशैभर प्रदर्शनरत छ ।‘ड्रिम्स’ र ‘ए मेरो हजुर २’ को सफलतापछि यतिबेला उनको चर्चा र डिमाण्ड अन्य अभिनेत्री भन्दा माथी छ ।

प्रतिक्रिया दिनुहोस्