भृकुटी मण्डपमा २३ जुत्ता उत्पादकको मेला अब केही दिनमात्र, सस्तोमा जुत्ता पाएपछि उपभोक्ताको भिड



काठमाडौं, २० चैत

राजधानीको भृकुटीमण्डपमा जारी बृहद् जुत्ता मेलामा पछिल्लो समय भिड बढ्दै गएको छ । सोलको मोलमा जुत्ता पाउने भएपछि मेलाको अन्तिम चरण तिर भिड बढ्न थालेको हो ।

काठमाडौं–राजधानीको पेप्सीकोलाका सरकारी कर्मचारी राजेश घिमिरेले भृकुटी मण्डपमा जारी बृहद् जुत्ता मेलामा झोलाभरी जुत्ता किने । उनले घरमा श्रीमती, छोराछोरी र बाबुआमालाई समेत जुत्ताचप्पल किनेको बताए । ‘बजारमा भन्दा सस्तो पाएँ,’ उनले सुनाए, ‘त्यसैले आफूलाई मात्र किन्न आएको बेला परिवारका सबैका लागि किने ।’ राजेशले जस्तै सिनामंगलकी रजनी महर्जनले पनि आफ्ना लागि ३ जोर चप्पल किनिन् । ‘बजारमा छान्दै हिँड्न पर्थ्यो’, उनले भनिन्, ‘मेलामा किन्दा निकै सस्तो महसुस भयो ।

त्यही जुत्ताचप्पल बजारमा दोब्बर तिर्नु पर्छ । त्यसैले मैले बर्षभरिका लागि किने ।’ राजधानीको भृकुटीमण्डपमा जारी जुत्ता चप्पल मेलालाई मौकाको रुपमा लिएका छन् । उनीहरुले बर्षभरिका लागि चाहिने जुत्ता चप्पल मेलामै किनेको बताइन् । ‘बजारमा भन्दा सस्तो पाएकाले बर्षभरिलाई पुग्ने गरी किने,’ उनले भनिन्, ‘बजार चाहारिरहनु परेन । एकै ठाउँमा सबै चर्चित ब्राण्डका जुत्ताचप्पल पाइयो ।’ नेपाल जुत्ताचप्पल उत्पादक संघ र नेपाली जुत्ताघरले भृकुटीमण्डपमा जुत्ताचप्पलको बृहद् मेला गरेर तपाईंलाई भारी छुटमा जुत्ताचप्पल किन्ने अबसर दिएका छन् ।

भृकुटीमण्डपमा सुरु भएको जुत्ता चप्पलको मेला अहिलेसम्म्कै ठूलो हो । यसमा नेपालका चर्चित २३ वटा ब्राण्डहरुको सहभागीता छन् । यस मेलामा मेलामा ब्यवसायीले भारी छुटमा जुत्ताचप्पल उपलब्ध गराइरहेको केडी सुजका कालीदास गोतामेले बताए । ‘हामीले यस मेलामा सोलको मूल्यमा जुत्ता चप्पल उपलब्ध गराइरहेका छौं,’ गोतामेले भने, ‘यति सस्तो मूल्यमा अरु बेला जुत्ताचप्पल पाइँदैन ।’ मेलामा असामान्य मूल्यमा जुत्ता बिक्री भइरहेको उनको दावी छ । मेलामा १ सय रुपैयाँदेखि १० हजार रुपैयाँसम्मका जुत्ताचप्पल छन् ।

मेला अहिलेसम्मको सबैभन्दा ठूलो भएकाले उपभोक्तालाई विभिन्न ब्राण्डाका जुत्ताचप्पल छानेर किन्ने अबसर छ । केही ब्यवसायी मिलेर यस्ता मेला गर्दै आएका थिए । फुटवेयर मेनुफ्याक्चर एसोसिएसनले नेपाली जुत्ताघरसँग मिलेर यस मेलामा चर्चित जुत्ताउत्पादकलाई एउटै छानामुनि समेटेको छ । धेरै प्रयासपछि मेलामा धेरै जुत्ताचप्पल उत्पादकलाई मेलामा समेट्न सकेको फुटवेयर मेनुफ्याक्चरर एसोसिएसनका अध्यक्ष रविन श्रेष्ठले बताए। ‘यस मेलामा धेरै जुत्ताचप्पल उत्पादकलाई एकै ठाउँमा समेट्न सकेका छौं,’ उनले भने ।

मेलामा नेपालका अधिकांश चर्चित ब्राण्डका जुत्ताचप्पल विक्रीमा छन् । मेलामा शिखर, रन, हाइलाइफ, विएफडियर हिल, क्रस रोड, केडी सुज, रोयल, स्काइ, मकालु, सुल्याण्ड, कोशेली, ल्याण्डवाक, जुम स्टाइल, फस्ट वाक, वोस, ह्याप्पी, टाकुरा, फिटराइट, लि बर्ड, सफ्टटच, कदम, फाइटर, ल्याण्डवाकलगायत जुत्ताचप्पलका साथै ह्युमन फिट क्राफ्ट र नेपाल लेदर क्राफ्टका छालाका ज्याकेट, ब्याग, पर्स, बेल्टलगायतका सामग्री उपलब्ध छन् । स्वदेशी जुत्ताचप्पलका सेल मेला बेलाबेलामा हुने गरे पनि यति धेरै ब्राण्ड एकै ठाउँमा सहभागी भएको मेला राजधानीमा पहिलो भएको रोयल सुजका संचालक भीमलाल पौडेलको दावी छ । मेलामा महिलाका लागि समेत दर्जनौ भेराइटीका जुत्ताचप्पल उपलब्ध छन् ।

चप्पलको सिजन सुरु भएकाले दर्जनौ मोडलका चप्पल मेलामै लन्च गरिएको छ, हाइ लाइफका संचालक विनय चौधरीले भने । मेलामा आफ्नो आवश्यकताअनुसार जुत्ताचप्पल छानेर लिन पाउने अबसर छ । यहाँ ३ हजारभन्दा बढी मोडलका जुत्ताचप्पल रहेको रन सुजका स्टाइल सुजका कुमार न्यौपानेले जानकारी दिए । मेला विहान ७ बजेदेखि बेलुका ७ बजेसम्म भइरहेको आयोजकले जनाएको छ । प्रदर्शनीमा स्वदेशी छाला जुत्ताका साथै छालाका विभिन्न वस्तु उत्पादकको समेत सहभागीता छ । कसको कस्तो अफर ? शिखर सुज शिखरले १५ सयदेखि ३५ सय रुपैयाँसम्मका जुत्ता ९ सयदेखि १ हजार रुपैयाँमा, ४ सयदेखि ६ सय रुपैयाँमा पुरुषलाई हुने चप्पल बिक्री गरिरहेको छ । बिएफ डियरहिल कम्पनीले नयाँ जुत्तामा २० प्रतिशत छुट दिएको छ ।

त्यस्तै बजारभाउभन्दा आधा सस्तो हुने गरी १ हजार र १ हजार ५ सय रुपैयाँ बिक्री मूल्यमा जुत्ता–चप्पल बिक्री गरिरहेको छ । रन सुज रन सुजले १९ सय ९५ सम्म पर्ने जुत्ता ५ सय रुपैयाँमा बिक्री गरिरहेको छ । यस्तै ३४ सय रुपैयाँसम्म पर्ने जुत्तालाई २ हजारमा बिक्री गरिरहेको छ । २५ सय रुपैयाँको जुत्ता १ हजार ५ सयमा बिक्री भइरहेको छ । २ हजार पर्नेलाई ९ सय र १ हजार ९ सय रुपैयाँसम्मको जुत्तालाई ८ सय रुपैयाँमा बिक्री गरिरहेको छ ।

केडी सुज केडी ब्रान्डले ३ हजार मूल्य पर्ने जुत्ता १५ सयमा र २ हजार पर्ने १ हजार रुपैयाँमा जुत्ता बिक्री गरिरहेको छ । त्यस्तै १६ सय पर्नेलाई ८ सय, १४ सय पर्नेलाई ७ सय र १२ सय पर्नेलाई ५ सय रुपैयाँमा बिक्री गरिरहेको छ । सु ल्यान्ड कम्पनीले महिलालाई उपयुक्त हुने जुत्ताचप्पल बिक्रीका लागि राखेको छ । ३ सय, ४ सय, ४ सय ५०, ५ सय, ६ सय, ७ सय ५० मूल्यमा उपलब्ध छन् । कोसेली कोसेलीले २ हजार ९ सय ९७ रुपैयाँसम्मका छालाका जुत्ता १ हजार २ सय ९९ मा र १ हजार ४ सय ९५ को जुत्ता ९ सय ९९ मा बिक्री भइरहेको छ ।

फाइटर र केडान सु फाइटर सुजले १ हजार रुपैयाँमा स्पोर्टस र छालाका जुत्ता बिक्रीका लागि राखेको छ । केडानले १ हजार मूल्यका जुत्ता राखेको छ । स्टाइल सुज स्टाइल सुजको स्टलमा ५ सय, ७ सय ५०, १ हजार र १५ सय रुपैयाँ मूल्यका जुत्ता–चप्पल छन् । ल्यान्ड वाक बजारमा ३ हजार मूल्य पर्ने जुत्ता १४ सय रुपैयाँमा बिक्री भइरहेको छ । १६ सय पर्ने जुत्ता ८ सय रुपैयाँ, १९ सय पर्ने ९ सय रुपैयाँमा, १३ सय पर्ने ६ सय रुपैयाँमा बिक्री भइरहेको छ । फुटल्यान्ड कम्पनीले ५ सय र १ हजार रुपैयाँ मूल्यका जुत्ता–चप्पल बिक्रीका लागि राखेको छ । फस्ट वाक बजारमा ११ सय पर्ने जुत्ता ५ सय ५० र ९ सय पर्ने जुत्ता ४ सय ५० रुपैयाँ, लेडिज चप्पल बजारमा ७ सय पर्नेलाई ३ सय ५० र ११ सय पर्नेलाई ५ सय ५० रुपैयाँमा बिक्री गरिरहेको छ ।

 

ह्याप्पी महिलाका लागि उपयुक्त हुने चप्पल मात्रै स्टलमा राखिएका छन् । कम्पनीका ३ सय, ४ सय ५० र ५ सय ५० रुपैयाँका चप्पल छन् । बोस सुज कम्पनीले १५ सयदेखि १८ सय रुपैयाँ मूल्य पर्ने जुत्ता मेलामा ८ सय रुपैयाँमा बिक्री गरिरहेको छ । १५ सयको जुत्ता ५ सय र १८ सयको जुत्ता १ हजार रुपैयाँमा बिक्री गरिरहेको छ । ली बर्ड कम्पनीले १ हजार र १ हजार ५ सय मूल्यका छालाका जुत्ता राखेको छ । रोयल सुज कम्पनीले १ हजार ५ सय, १ हजार र ५ सय रुपैयाँका जुत्ता–चप्पल बिक्रीका लागि राखेको छ ।

टाकुरा कम्पनीले ५ सय, १ हजार र २ हजार ५ सय रुपैयाँका जुत्ता–चप्पल बिक्रीका लागि राखेको छ । क्रस रोड कम्पनीले ६ सय, १ हजार र १ हजार ५ सय रुपैयाँ बिक्री मूल्यमा जुत्ता–चप्पल बिक्री गरिरहेको छ । मकालु कम्पनीले १ हजार रुपैयाँको जुत्ता र ४ सय ५० तथा ५ सय रुपैयाँको चप्पल बिक्री गरिरहेको छ । नेपाल लेदर क्राफ्ट कम्पनीले लेदरका जेनुइन ज्याकेटमा ५० प्रतिशतसम्म छुट दिएको छ । यस्तै ब्याग, पर्स, बेल्ट, क्याप, काड होल्डर, फोल्डर, ल्यापटप ब्याग लगायतमा ३० प्रतिशतसम्म छुट दिएको कम्पनीले जनाएको छ ।

नेपाल लेडर क्राफ्टले राइनो ब्राण्डमा छालाका सामग्री उत्पादन गर्दै आएको छ । हुमन फिट क्राफ्ट यस कम्पनीले छालाका ज्याकेट, पर्स, ब्याग, बेल्ट लगायतका सामानमा १५ प्रतिशतसम्म छुट दिएको जनाएको छ । ह्युमन फिट ब्राण्डमा सामान उत्पादन गर्दै आएको कम्पनीले छाला र सिलाइमा ग्यारेन्टी समेत दिने जनाएको छ ।,

प्रतिक्रिया दिनुहोस्