‘छक्का पञ्जा ३’ मा रेखा र साम्राज्ञी



छक्का पञ्जा’ सिरिजमा नायिका हेरफेर भएका छन् । दिपकराज गिरी र दिपाश्री निरौला क्याम्पको ‘वडा नं ६’ देखि छक्का पञ्जा २ मा रहंदै आएकी नायिका प्रियंका कार्की छक्का पञ्जा ३ मा नहुने भएकी छन् ।

यस्तै नायिका स्वस्तिमा खड्का पनि नदोहोरिने पक्का भएको छ । प्रियंका र स्वस्तिमाको ठाउँमा कुने हिरोइन भए त तय ?

‘हामीले लेडी हिरो र अहिलेकी स्टार नायिकालाई ‘छक्का पञ्जा ३’ मा लिने पक्का गरेका छौं । यो हाम्रो टिमको नै निर्णय हो’, निर्देशक दिपाश्री निरौलाले भनिन् ।

निर्देशक निरौलाका अनुसार छक्का पञ्जा ३ मा लेडी हिरो रेखा थापा र युवा पुस्ताकी स्टार नायिका साम्राज्ञीराज्य लक्ष्मी शाहलाई अनुबन्धित गरिएको छ । फिल्ममा रेखा र साम्राज्ञी नै मुख्य नायिकाको रुपमा रहनेछन् ।

उसो त ‘छक्का पञ्जा ३’ मा अनुबन्धित भएसँगै रेखाले आफ्नो होम प्रोडक्सनको नयाँ फिल्मको छायाँकन केही समय पर सारेकी छन् ।

प्रतिक्रिया दिनुहोस्