‘डमरुको डन्डीबियो’ मा ‘ठ्याक लगाउने च्यालेन्ज’ प्रचारमा



काठमाडौँ, २० चैत

फिल्म ‘डमरुको डन्डीबियो’ प्रचारमा नयाँ तरिका अपनाएको छ । डन्डीबियो खेल्दा ठ्याक लगाउने चलनलाई लिएर फिल्म टिमले ‘ठ्याक लाउने चालेन्ज’ लाई प्रचारमा ल्याएको हो ।

सोमबारबाट मात्रै सुरु भएको ठ्याक लगाउने च्यालेन्ज सुन्धारा, धरहरा र सिटिसी मल आसपासमा संचालन भैरहेको छ । यस रमाईलो खेलमा महिला, पुरुष र बच्चाहरु हरेक उमेर समुहका सहभागी हुन् सक्नेछन् । यस प्रतिस्पर्धामा सहभागी भइ विजेता हुनेले ‘डमरुको डन्डीबियो’ टिमबाट रु.५०० (दुई जनालाई), रेडमुड कफीको तर्फबाट २ ओटा खानाको कुपन (एक जना विजेतालाई) प्रत्येक ठाउँबाट र रेडबूलको तर्फबाट एउटा क्यान रेडबूल, टिसर्ट र क्याप विजेतालाई उपहार दिईनेछ । फिल्मको शिर्ष गीत हेर्नुस् :

कार्यालय भेन्चर प्रालिले समन्वय गरेको ‘ठ्याक लाउने च्यालेन्ज’ लाई राजधानीका २० भिन्न ठाउँमा संचालन गरिनेछ । एक ठाउँमा करिब ४ दिनसम्म यो च्यालेन्ज चल्नेछ । साथै, टिमले राजधानी बाहिर पनि यो च्यालेन्ज संचालन गर्ने बताएको छ ।

छेतेन गुरुङ निर्देशित‘डमरुको डन्डीबियो’ मा खगेन्द्र शिर्ष भूमिकामा प्रस्तुत भएका छन् । खगेन्द्रसँगै फिल्ममा मेनुका प्रधान, बुद्दी तामाङ, अनुप बराल, अंकित खड्का, आशान्त शर्मा, लक्ष्मी बर्देवा, मिश्री थापा, इंगि होपू कोइंच सुनवार, नमिता घिसिङ लगायतका कलाकारको अभिनय छ । फिल्म बैशाख २१ गतेदेखि प्रदर्शनमा आउँदैछ ।

समृद्दी इन्टरटेनमेन्टको व्यनरमा निर्माण भएको फिल्ममा नोर्बु छिरिङ घले र विनोद गुरुङको संयुक्त लगानी रहेको छ । सिनेमामा खगेन्द्र लामिछानेको लेखन, हरि हुमागाईंको छायाँकन, निमेष श्रेष्ठ र प्रितम पाण्डेको सम्पादन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्