‘ब्ल्याक’को दोश्रो गीत ‘पल पल हर पल’ सार्वजनिक



काठमाडौं : फिल्म ‘ब्ल्याक’को गीत रिलिज भएको छ। आइतबार राजधानीमा एक कार्यक्रमबीच गीत सार्वजनिक गरिएको हो। सार्वजनिक पल पल हरपल बोलको गीतमा महेश खड्काको संगीत रहेको छ। कविराज बान्तवाको शब्द रहेको गीतमा सुगम पोखरेलको स्वर सुन्न सकिन्छ।

रामजी लामिछानेको नृत्य निर्देशन रहेको भिडियोमा फिल्मका मुख्य दुई कलाकार आकाश श्रेष्ठ र आंचल शर्मा फिचरिङ छन्। अप्पर मुस्ताङको रमणीय स्थालमा छायाँकन गरिएको भिडियोमा आकाश र आंचललाई रोमान्टिक मुडमा देख्न सकिन्छ। जेठ ११ गतेबाट प्रदर्शनमा आउने फिल्ममा आंचल र आकाशसँगै सुन्दर श्रेष्ठ, आयुष रिजाल, सुशील क्षेत्री,धीरेन शाक्य र प्रिया रिजालको मुख्य भूमिका छ।

‘आश्मा फिल्मस् प्रालि’को व्यानरमा निर्माण भएको फिल्ममा आश्मा पाण्डेको लगानी रहेको छ। चेतनकुमार पाण्डे कार्यकारी निर्माता रहेको फिल्मलाई प्रदीप श्रेष्ठले निर्देशन गरेका हुन्। फिल्ममा मौनता श्रेष्ठको लेखन, महेश खड्का र प्रतिक पौडेलको संगीत, रामजी लामिछानेको कोरियोग्राफी, चन्द्र पन्तको द्वन्द्व निर्देशन रहेको छ। रामशरण उप्रेतीले खिचेको फिल्मलाई अर्जुन जीसीले सम्पादन गरेका छन्।

प्रतिक्रिया दिनुहोस्