बलिउडमा सबैभन्दा लोकप्रिय नायिका कट्रिनाक कैफ : पछि परे दीपिका र प्रियंका



मुम्बई । पछिल्लो समय बलिउड अभिनेत्री कट्रिना कैफको फ्यान फ्लोइङ निकै बढेको छ । उनको लोकप्रियता भारतभित्र मात्रै सिमित छैन ।

भारत बाहेकका मुलुकमा पनि उनको चर्चा चुलिँदै गएको एक सर्वेक्षणले देखाएको छ । केही मुलुकमा गरिएको सर्वेक्षण अनुसार कट्रिनाले सबैभन्दा लोकप्रिय भारतीय नायिकामा आफ्नो स्थान सुरक्षित गरेकी छिन् । हलिउड फिल्मसमेत खेलिसकेका अभिनेत्रीहरु दिपिका पादुकोण र पि्रयंका चोपडा उनीभन्दा पछाडि छन् ।

बलिउड एवं क्षेत्रीय फिल्मका लागि गरिएको भिडियो अन डिमाण्ड स्ट्रिमिङ प्लेटर्फमद्वारा गरिएको अध्ययनले यो निष्कर्ष निकालेको हो । यो रिपोर्ट जनसांख्यिक आँकडामा आधारित रहेको अध्ययन गर्ने संस्थाले जनाएको छ । यसमा प्रवासी भारतीयले पनि मत दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्