अजयको ‘रेड’ले बलिउडमा मच्चायो हंगामा



मुम्बई । बलिवुड अभिनेता अजय देवगनको पछिल्लो पटक रिलिज भएको फिल्म ‘रेड’ले बक्सअफिसमा धमाल मच्चाएको छ । ‘रेड’ले राम्रो कमाइ गरेको जनाइएको छ ।

‘रेड’ले दर्शकको माया पनि पाएको छ । बक्सअफिस इण्डियाका अनुसार आइतबार फिल्मले करीब २५ करोड भारतीय रुपियाँ कमाइ गरेको छ । शुक्रवार र शनिवारभन्दा पनि आइतबार ‘रेड’ले राम्रो कमाइ गरेको थियो । फिल्मले गएको हप्ताको अन्त्यमा ४० करोडको व्यापार गरेको छ ।

यस वर्ष ‘पद्मावत’पछि राम्रो कमाइ गर्नेमा अजय देव देवगनको फिल्म ‘रेड’ भएको छ । यूपीको आगरा, वाराणसी, कानपुर जस्ता शहरमा ४० देखि ५० प्रतिशतसम्म राम्रो कमाइ भएको छ । फिल्मले अहिले पनि उल्लेख्य कमाइ गरिरहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

निर्देशक राजकुमार गुप्ताको फिल्म ‘रेड’ सत्य घटनामा आधारित छ । फिल्ममा अजय देवगन इनकम ट्याक्स डिपार्टमेन्टको अफसरको रोलमा भूमिका निभाएका छन् ।

फिल्ममा अजय देवगनको अपोजिटमा इलियाना डीक्रुजले पत्नीको अभिनय निभाएकी छिन् । यसअघि अजय देवगनले फिल्म ‘बादशाहो’मा काम गरेका थिए । – एजेन्सी

प्रतिक्रिया दिनुहोस्