कृषक समूहलाई हाते ट्र्याक्टर



हेटौडा, २८ फागुन

मकवानपुरको मार्खु र फाखेलको कृषक समूहलाई सातवटा हाते ट्र्याक्टर वितरण गरिएको छ ।

महिला कृषिमै आत्मनिर्भर भएको हुनाले उनीहरुलाई उत्प्रेरित गर्ने उद्देश्यले कृषक समूहलाई हाते ट्र्याक्टर वितरण गरिएको हो ।

मार्खुमा तीनवटा र फाखेलमा चारवटा ट्र्याक्टर इन्द्रसरोवर कृषि सहकारी संस्था र कृषक समूहलाई वितरण गरिएको हो । नारी सीप सिर्जना केन्द्र मकवानपुरले अक्सफाम नेपालसँगको साझेदारीमा सञ्चालित मकवानपुर जीविकोपार्जन पुर्नउत्थान परियोजनाअन्तर्गत ट्र्याक्टर वितरण गरेको हो । इन्द्रसरोवर गाउँपालिका–१ का वडाध्यक्ष जमानसिंह वाइबा र इन्द्रसरोवर कृषि सहकारीका सचिव सानु लामाले हाते ट्र्याक्टर हस्तान्तरण गर्नुभयो ।

परियोजनाअन्तर्गत अन्य ६ वटा क्षेत्रमा समेत २१ थान हाते ट्र्याक्टर वितरण गरिने कार्यक्रम संयोजक राजेन्द्र ढकालले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्