कर्मचारीको समायोजनपछि संघीयता कार्यान्वयन



ललितपुर, २६ फागुन

विज्ञ, जननिर्वाचत प्रतिनिधि, पूर्वकर्मचारीलगायतले कर्मचारी समायोजन सकिएपछि संघीयताको कार्यान्वयन हुने बताएका छन् ।

पूर्व कर्मचारी सेवा परिषद्को २७ औँ स्थापना दिवसका अवसरमा शुक्रबार यहाँ आयोजित ‘संघीयताको कार्यान्वयनको वर्तमानस्थित चुनौती र सम्भावना’ विषयको अन्तक्र्रियामा प्रशासकीय अदालतका अध्यक्ष काशीराज दाहालले दरबन्दी पुनरवलोकन र नियमावली पारित भएपछि समायोजन अघि बढ्ने बताउनुभयो ।

ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले कर संकलनमा समस्या देखिएकाले प्रदेशसभाले ऐन नबनाउँदासम्म रोकिएको जानकारी दिँदै कर तिर्ने संस्कार बसाउनका लागि छुटको व्यवस्था गरिएको बताउनुभयो । पूर्वसचिव खेमराज रेग्मीले लामो समयसम्म एउटा सानो कामका लागि समेत सेवाग्राही काठमाडौँ आउनुपर्ने बाध्यता अब हटेको छ भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्