फिल्म क्षेत्रमा काण्डमय २०७५ :अभिनेत्री केकी अधिकारीलाई चोरीको आरोप !!



०८ बैशाख २०७६, काठमाडौं

फिल्म क्षेत्रमा राम्रा /नराम्रा दुई पक्षकै कारण नायक/ नायिका चर्चामा आउँने गर्छन् । मुख्य कुरा त ठूलो बजेट र ठूला स्टरका भनिएका फिल्मले नै हावा खाए ।  यही समयमा ‘मेगास्टार’ देखि ‘सुपरस्टार’ भन्नेसम्मका पदमा पनि उनीहरूकै दाबी रह्यो । केही वर्षयता नेपाली फिल्म हिन्दीबाट हुबहु अनुवाद गर्ने क्रम रोकिएको थियो । तर यो वर्ष पनि ‘चोरी’को बिगबिगी रह्यो । हिन्दी फिल्मसँगै थाई, टर्किस, हलिउड धेरैतिरबाट फिल्म चोरिए । अनि यो चोरीमा नयाँ होइन, पुराना र आश गरेका कलाकार नै संलग्न देखिए ।

चर्चित नायिका केकी अधिकारी चलचित्र क्षेत्रमा निकै अग्र पङत्तिमा छिन् । अभिनेत्री केकी अधिकारीलाई दर्शकहरुले अति नै रुचाउने नायिका हुन् । धेरै वटा चलचत्रिमा अधिकारीले अभिनय गरिसकेकी छिन् । केकी अधिकारी अभिनेत्री मात्र नभएर निर्माताको रुपमा पनि उनी ‘कोहलपुर एक्सप्रेस’ फिल्मबाट निर्माता क्षेत्रमा उत्रिइन् ।

बिडम्बना बस निर्माताको रूपमा उनको बोहनी नै विवादस्पद रह्यो । उनले बनाएको फिल्म तमिल तथा भारतीय फिल्म ‘मुम्बई एक्सप्रेस’को नक्कल ठहरियो । केकी आफैँ त यो विषयमा धेरै बोलिनन, तर फिल्मका निर्देशक विशाल भण्डारी चोरीको समाचार लेख्ने पत्रकारसँग खूब भिडे ।

प्रतिक्रिया दिनुहोस्