ढुक्क हुनुस्, पार्टी एकता भोली हुन्छ : अध्यक्ष दाहाल (भिडियो सहित)



०८ बैशाख २०७६, काठमाडौं

नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज पार्टी एकताको अन्तिम दिन रहेको बताएका छन् ।

नेकपाको ७० औं स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले व्यक्तिको अनुहार हेरेर नभई सिद्धान्तमा रहेर पार्टी एकता प्रक्रिया टुङ्गिने बताए ।

अहिले हामी नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र केपी शर्मा ओलीले सल्लाह गरेर दुई जना कमे्रडहरुलाई दिनभरी गृहकार्य गर्न आदेश दिएको बताउँदै अध्यक्ष प्रचण्डले भने, बाँकी रहेको जिल्ला कमिटी र नेतृत्वको निर्माण गर्न र जनसङ्ठन एकताको कामहरुलाई भोली नै घोषणा गर्ने गरि तयारी गरेका छौं ।

भिडियो हेर्नुहोस् :

‘३ महिनाभित्रै एकताको काम सक्ने भनेका थियौं, अहिले झण्डै १२ महिना बितिसकेको छ,’ प्रचण्डले भने, ‘अब एकता टुंगियो । यसमा कुनै शंका नलिन आग्रह गरे ।’

७० औं स्थापना दिवसको अवसरमा बोल्दै अध्यक्ष प्रचण्डले शीर्ष नेतृत्वबीच सांगठनिक एकताको लागि अधिकांश विवादमा सहमति भईसकेको भन्दै बाँकी विषयमा पनि सहमति खोजेर सोमबार एकताको अन्तिम घोषणा हुने दाबी गरे ।

यो पनि पढ्नुहोस् 

नेकपाको ७० औं स्थापना दिवसमा अग्रज कम्युनिष्टहरुलाई

सम्मान गरिदैं

प्रतिक्रिया दिनुहोस्