निर्देशक सुर्वण थापाको ‘राम राम’ मा सौगात अनुबन्ध !



०८ बैशाख २०७६, काठमाडौं

‘फन्को’ फेम्ड निर्देशक सुर्वण थापाको फिल्म ‘राम राम’ मा सौगात मल्ल अनुबन्धित भएका छन् ।

गएको दशैंमा प्रदर्शनमा आएको ‘जय भोले’ पछि लामो समयसम्म कुनै फिल्म साइन नगरेका सौगात अब धमाधम फिल्म खेल्ने मुडमा देखिएका हुन् ।

गत बर्ष चैत्रमा ‘लप्पन छप्पन २’ पछि गएको बिहिबार उनी ‘पोई पर्यो काले’ मा अनुबन्ध भएका थिए । हालै वैवाहिक जीवनमा बाँधिएका निर्देशक थापाले लामो समयपछि फिल्म निर्देशन गर्न लागेका हुन् ।

कमेडीप्रधान कथावस्तु रहेको फिल्म ‘राम राम’ मा पटकथा दिनेश महतको रहनेछ ।एनआरएनहरुको लगानी रहेको फिल्म डाइमण्ड स्टार फिल्मस्को ब्यानरमा बन्नेछ ।

फिल्मको दशैंबाट छायांकन हुनेछ, भने वर्षान्तरमा रिलिज गर्ने टिमको तयारी छ ।फिल्म निमार्ण अगावै विभिन्न देशमा विदेश प्रदर्शन राइट्स विक्री भइसकेको लेखक महत बताएका छन् ।

शुक्रबार सौगातसँगै निर्देशकमा भित्रिएका सुर्वण र सौगातको योे दोस्रो सहकार्य हो । फिल्ममा सौगात बाहेक अरु कलाकार फाइनल भएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्