बक्सअफिसमा ‘ए मेरो हजुर ३’ को अग्रता कायम नै !



 

०८ बैशाख २०७६, काठमाडौं

झरना थापामा निर्देशित ‘ए मेरो हजुर ३’ चलचित्रले प्रदर्शनको चार दिनमै चार करोड कमाएको छ ।

पहिल्लो हप्तामा साढे पाँच करोड बराबर कमाएको फिल्म गत शुक्रबारदेखि दोस्रो हप्तामा प्रवेश गरेको छ । दोस्रो हप्तामा प्रवेशसँगै फिल्म नाफा गएको छ ।

ब्रान्ड नाम, स्टार पावर, गीतसङ्गीत र ट्रेलरका कारण इनिसियल बक्सअफिस आक्रामक गरेको अभिनेता अनमोल केसी र डेब्यू गर्ल सुहाना थापा अभिनित ‘ए मेरो हजुर ३’ लाई दोस्रो हप्ताबाट प्रदर्शनमा आएको बलिउडको बिग बजेटको मल्टिस्टारर फिल्म ‘कलंक’ ले असर गर्ने अनुमान गरिएपनि बक्सअफिमा आफ्नो अग्रता कायम नै राखेको छ ।

यो फिल्मबाट अभिनेत्री सुहाना थापाले सानदार डेब्यु गरेकी छिन् । उनलाई भविष्यको स्टार भन्न थालिएको छ ।
फिल्ममा अनमोल, सुहानासँगै सलोन बस्नेत, अर्पणा थापा, रेअर राई, सरोज खनाल लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्