११ महिनापछि नेकपा एकता प्रक्रियाले मूर्तरुप पाउँदै



०८ बैशाख २०७६, काठमाडौं

तत्कालीन नेकपा एमाले र नेकपा माओवादीबीच भएको पार्टी एकीकरणको प्रक्रियाले मूर्तरुप आज पाउने भएको छ ।

३ महिनामा एकीकरण प्रक्रिया सक्ने निर्णय गरेपनि पार्टी एकीकरणले ११ महिनापछि मात्र मूर्तरुप पाउन लागेको हो ।

लामो समयदेखि अल्झिएको एकता प्रक्रिया टुङ्ग्याउन नेकपा शिर्ष नेताहरु छलफल प्रक्रियामा जुटेका थिए ।

नेकपा केन्द्रीय सदस्य विष्णु रिजालका अनुसार आज पुनः शीर्ष नेताहरु अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता माधवकुमार नेपाल, महासचिव बिष्णु पौडेल छलफलमा जुट्ने र एकीकरण प्रक्रियालाई पूर्ण रुप दिनेछन् ।

कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसर पारि बैशाख ९ अर्थात सोमबार एकता प्रक्रिया टुङग्याउने तयारी भएको नेता रिजालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्